काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
अहिले देशभर आंशिक बादल लागेको छ । दार्चुला, बझाङ र हुम्लाका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको महाशाखाले जानकारी दिएको छ ।

आज राति देशभर आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।

सोमबार हिमाली र पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । भोलिपल्ट बिहानीपख तराई भू-भाग, उपत्यका तथा खोँचका केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।
मंगलबार कोसी प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । भोलिपल्ट बिहानीपख तराई भू-भाग, उपत्यका तथा खोँचका केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।
बुधबार कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । तराई भू-भाग, उपत्यका तथा खोँचका केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।
त्यस्तै बिहीबार तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्ने महाशाखाको पूर्वानुमान छ ।