Lite Nepal

आइतबार, कार्तिक १५, २०८३

काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको संसदीय सुनुवाइ सोमबार हुने भएको छ । सुनुवाइका लागि दिउँसो ३ बजे लेखा समितिको हलमा बस्ने गरी संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ ।

तर, समितिले थापाका विषयमा मागेको विवरण भने जापान सरकारले अझै उपलब्ध गराएको छैन ।

असोज २८ गते बसेको समितिको बैठकमा थापाको जापानको स्थायी आवासीय अनुमति (पीआर), जापानमा रहेको सम्पत्ति तथा त्यहाँ उनले गरेको कामका विषयमा प्रश्न उठेको थियो । त्यसपछि समितिले थापाले जापानको पीआर त्यागिसकेको वा नसकेको तथा त्यहाँको सरकारी सेवामा काम गरेको वा नगरेको सम्बन्धमा विवरण माग गरेको थियो । तर, परराष्ट्र मन्त्रालयमार्फत गरिएको आग्रहमा जापानको विदेश मन्त्रालयले अहिलेसम्म कुनै विवरण पठाएको छैन ।

संसदीय सुनुवाइ समितिका सचिव तुलबहादुर कँडेलले भने सोमबार बिहानसम्म विवरण प्राप्त हुन सक्ने बताएका छन् । सरकारले सिफारिस गरेका १३ जना राजदूतमध्ये १२ जनाको हकमा निर्णय गरिसकेको समितिले थापाको नाम भने रोकिराखेको थियो । जापानबाट मागिएको विवरण नआएपछि अब समितिले उनीबारे के निर्णय गर्छ भन्ने चासो बढेको छ ।
सरकारले सिफारिस गरेको ४५ दिनको अवधि कटाएर थापालाई स्वतः नियुक्ति दिने प्रयास भइरहेको हो कि भन्ने आशंकासमेत व्यक्त हुँदै आएको थियो । यद्यपि, उक्त अवधि पूरा हुनुअघि नै समितिको बैठक बोलाइएपछि अबको सुनुवाइ र निर्णयलाई चासोका साथ हेरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं