काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन्। आइतबार साँझ फेसबुकमा सन्देश लेख्दै उनले सही समय आएपछि सबैको गलत समय आउने उल्लेख गरेका हुन्।
‘सही समय आएपछि सबैको गलत समय आउँछ, एक-दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !’ प्रधानमन्त्री शाहले फेसबुकमा लेखेका छन्।

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति कुन व्यक्ति, समूह वा घटनाप्रति लक्षित गरेका हुन् भन्ने खुलाएका छैनन्। उनले उक्त सन्देशको पृष्ठभूमि वा त्यससँग सम्बन्धित विषयबारे थप स्पष्टीकरणसमेत दिएका छैनन्।

प्रधानमन्त्रीको यो अभिव्यक्ति पत्रकार पक्राउ तथा सञ्चारगृहमा प्रहरी प्रवेशको घटनालाई लिएर सरकारको आलोचना भइरहेका बेला सार्वजनिक भएको हो।