काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
महाशाखाका अनुसार अहिले देशभर आंशिक बदली रहेको छ । दार्चुला, बझाङ र हुम्लाका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा पनि हल्का वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।
आज राति देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने तराईका साथै उपत्यका र खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।