Lite Nepal

सोमबार, कार्तिक १६, २०८३

विराटनगर । सुनसरीको इनरुवाबाट ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोस्ट इनरुवा बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार कार्तिक १५ गते साँझ ४ बजे इनरुवा नगरपालिका–४ स्थित बसचोकमा पश्चिमबाट पूर्वतर्फ पैदल हिँडिरहेका दुई जनामाथि शंका लागेपछि प्रहरीले शरीर खानतलासी गरेको थियो।

खानतलासीका क्रममा उदयपुरको बेलका नगरपालिका–४ निवासी ३२ वर्षीय नबिन राईको मलद्वारमा लुकाएर ल्याइएको अवस्थामा १७.३५ ग्राम १७ ग्राम ३५० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

घटनास्थलबाटै उनीसँगै रहेका सोही स्थानका २९ वर्षीय सुमन राईलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको छ। उनीहरूविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं