काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा रहेको छ ।

युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।

त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ०७ पैसा र बिक्रीदर २०३ रुपैयाँ ८७ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८४ रुपैयाँ ५१ पैसा तोकिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०६ पैसा रहेको छ । क्यानेडियन डलरको खरिददर १०८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९४ पैसा तथा सिङ्गापुर डलरको खरिददर ११८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ११ पैसा कायम गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ६२ पैसा र बिक्रीदर नौ रुपैयाँ ६६ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७९ पैसा र बिक्रीदर २२ रुपैयाँ ८८ पैसा तोकिएको छ ।
त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४० पैसा र बिक्रीदर ४० रुपैयाँ ५६ पैसा तथा कतारी रियालको खरिददर ४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७८ पैसा निर्धारण गरिएको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।