Lite Nepal

सोमबार, कार्तिक १६, २०८३

काठमाडौं । पत्रकारमाथि हुने हत्या, हिंसा, धम्की तथा आक्रमणका घटनामा दण्डहीनता अन्त्य गर्ने उद्देश्यले आज विश्वभर ‘पत्रकारविरुद्ध हुने अपराधमा दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवस’ मनाइँदैछ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१३ मा नोभेम्बर २ लाई यो दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । पत्रकारमाथि हुने अपराधको अनुसन्धान, दोषीलाई कानुनी कारबाही तथा पीडितलाई न्याय सुनिश्चित गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।

यस वर्ष सन् २०२६ को दिवस ‘खतरा बदलिँदै छन्, दण्डहीनता कायमै छ’ भन्ने नारासहित मनाइँदैछ । नयाँ प्रविधि र हतियारका कारण विशेषगरी द्वन्द्वग्रस्त क्षेत्रमा पत्रकारमाथि हुने आक्रमणका स्वरूप परिवर्तन हुँदै गएको विषयलाई यस वर्ष प्राथमिकता दिइएको छ ।

पत्रकारले सत्यतथ्य सूचना सम्प्रेषण गर्ने क्रममा विभिन्न किसिमका धम्की, आक्रमण, अपहरण, यातना तथा हत्यासम्मका जोखिम सामना गर्नुपरेको छ । यस्ता घटनामा दोषीमाथि कारबाही नहुँदा दण्डहीनता बढ्ने र स्वतन्त्र पत्रकारितामाथि गम्भीर असर पर्ने गरेको छ ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)का अनुसार सन् २००६ देखि २०२५ सम्म विश्वभर एक हजार ६०० भन्दा बढी पत्रकारको हत्या भएको छ । तीमध्ये करिब सातमध्ये छ घटनामा अझै न्यायिक निरुपण हुन सकेको छैन ।

संयुक्त राष्ट्रसंघले पत्रकारमाथि हुने सबै प्रकारका आक्रमणको निष्पक्ष अनुसन्धान, दोषीलाई कानुनी दायरामा ल्याउन तथा पत्रकारले स्वतन्त्र र सुरक्षित रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्न सरकारहरूलाई आग्रह गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं