काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ३ सय रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको थियो । आइतबार सुनको मूल्य तोलामा ८ हजार ३ सय रुपैयाँले घटेको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि सोमबार तोलामा ७० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर ३ हजार ७ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

