Lite Nepal

सोमबार, कार्तिक १६, २०८३
फाइल फोटो

इलाम । मेची करिडोरअन्तर्गत बेलासे (माइखोला बेलिब्रिज) देखि सोमबारे (गोदाम धारा) सम्मको सडकखण्ड पिच गर्ने कार्यका लागि सवारी आवागमन बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय इलामले सूचना जारी गर्दै साना तथा ठूला सवारीसाधनका लागि फरक–फरक मिति तोकेर सडक बन्द हुने जानकारी दिएको हो।

सूचनाअनुसार साना सवारीसाधनका लागि आगामी कात्तिक १७ र १८ गते सडक बन्द रहनेछ भने ६ पाङ्ग्रे ठूला सवारीसाधनका लागि कात्तिक १७ गतेदेखि २० गतेसम्म आवागमन बन्द गरिनेछ।

सडक बन्द हुने अवधिमा सवारीसाधनलाई वैकल्पिक सडक प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ। वैकल्पिक मार्गका रूपमा साना सवारीसाधनले मेची राजमार्गको राजदुवाली सडकखण्ड प्रयोग गर्न सक्नेछन्। त्यस्तै, ६ पाङ्ग्रे ठूला सवारीसाधनका लागि मेची राजमार्गको तिल्केनी–सिमलगोली हुँदै सिलपुर सडकखण्ड प्रयोग गर्न सूचनामा उल्लेख छ।

यसैगरी, साना सवारीसाधनले देउमाई–मङ्गलबारे–बेलासे सडकखण्डको सोयाक गभ्याङ हुँदै दानाबारी सडकखण्डसमेत प्रयोग गर्न सक्नेछन्। उक्त मार्ग प्रयोग गर्नुअघि देउमाई नगरपालिका तथा सोयाक वडा कार्यालयसँग सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं