Lite Nepal

सोमबार, आश्विन १२, २०७७

काठमाडौं । बिहीबार र आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १८ निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज १८ निर्णय सार्वजनिक गरेका हुन् ।

नेपाली सेनाका प्रमुख सेनानी जेन्द्र पन्तलाई लेबनानको सरकारबाट प्रदान गरिएको विभूषण र रमेश नाथ पाण्डेलाई जापान सरकारबाट सम्मान गरिएको विभूषण ग्रहण गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

त्यसैगरी ईन्टरपोल महासचिवालयबाट सन् २०२० डिसेम्बर ७ देखि ८ सम्म युएईमा आयोजना हुने महासभामा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पाललाई भाग लिन जान स्वीकृति दिने निर्णय भएको छ ।

सरकारले कोरोना भाइरस (कोभिड(१९) को संक्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन (पहिलो संशोधन) आदेश, २०७७ स्वीकृत गर्ने निर्णय गरेको छ ।

यसैगरी शसस्त्र प्रहरीका गोताखोरका लागि दैनिक ३ सयका दरका दरले भत्ता र १० लाखको बीमा गर्ने निर्णय पनि मन्त्रिपरिषदको बैठकले गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं