Lite Nepal

सोमबार, आश्विन १२, २०७७

काठमाडौं । बिहीबार र आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १८ निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज १८ निर्णय सार्वजनिक गरेका हुन् ।

नेपाली सेनाका प्रमुख सेनानी जेन्द्र पन्तलाई लेबनानको सरकारबाट प्रदान गरिएको विभूषण र रमेश नाथ पाण्डेलाई जापान सरकारबाट सम्मान गरिएको विभूषण ग्रहण गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

त्यसैगरी ईन्टरपोल महासचिवालयबाट सन् २०२० डिसेम्बर ७ देखि ८ सम्म युएईमा आयोजना हुने महासभामा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पाललाई भाग लिन जान स्वीकृति दिने निर्णय भएको छ ।

सरकारले कोरोना भाइरस (कोभिड(१९) को संक्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन (पहिलो संशोधन) आदेश, २०७७ स्वीकृत गर्ने निर्णय गरेको छ ।

यसैगरी शसस्त्र प्रहरीका गोताखोरका लागि दैनिक ३ सयका दरका दरले भत्ता र १० लाखको बीमा गर्ने निर्णय पनि मन्त्रिपरिषदको बैठकले गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा