काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराईको भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। देशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

आज राति मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका सबै भू-भागमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानीपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्नेछ ।