विराटनगर । मोरङमा सशस्त्र प्रहरीले २ लाख ५० हजार रुपैयाँ बराबरका आतसबाजी (पटका) बरामद गरी नष्ट गरेको छ। मंगलवार सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर रानी, मोरङबाट खटिएको सीमा नाका ड्युटी टोलीले पटका बरामद गरेको हो।
बरामद गरिएका पटका प्रचलित कानुनबमोजिम नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

