काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

शनिबार पनि देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
बाँकी तराई तथा अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।