Lite Nepal

बिहिबार, कार्तिक १९, २०८३

कात्तिक, काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीका लागि सरकारले छुट्टै ‘विशेष सुरक्षा सल्लाहकार’ को पद सिर्जना गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहनेगरी स्थापित गरिएको उक्त पदको पत्र लिन निवर्तमान आईजीपी कार्की बिहीबार सिंहदरबा गएनन् ।

बरू, उनी सरकारविरुद्धकै रिट लिएर सर्वोच्च अदालत गए । हिजो मात्रै बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीबाट हटाएर डा। मनोजकुमार केसीलाई नियुक्त गरेको थियो ।

कार्कीलाई भने नयाँ दरबन्दी सिर्जना गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहनेगरी निर्णय लिएको थियो । यद्यपि, उनी बिहीबार प्रधानमन्त्री कार्यालय गएनन् ।  प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, उनलाई प्रधानमन्त्री कार्यालयको कोठा नम्बर २०७ मा कार्यकक्षको व्यवस्थापन गरिएको छ ।

उनलाई नेपाल सरकारको सचिवसरह हुनेगरी सुविधा मिलाइएको स्रोत बताउँछ । सरकारका सचिवलाई आफ्नै कार्यकक्ष, सवारी साधन र सुरक्षा पनि उपलब्ध गराउने गरिन्छ ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं