Lite Nepal

शुक्रबार, कार्तिक २०, २०८३

झापा । नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनामार्फत विश्व बैङ्कको आर्थिक सहयोगमा बिर्तामोड नगरपालिकाको वडा नं ६, ७ र ८ मा छ पक्की सडक निर्माण भएको छ ।

नगरको बुट्टाबारी बजारदेखि प्याकुरेल चोक जोड्ने उक्त सडकको निर्माणमा विश्व बैंकले रु ५८ करोड ८३ लाख ५९ हजार ५६५ सहयोग गरेको नगरप्रमुख पवित्रा महतरा प्रसाईँले बताइन् । सडकको लम्बाइ छ दशमलव २५ किलोमिटर र चौडाइ १२ मिटर रहेको उनले जानकारी दिइन् ।

आरपी समता जेभीले २०८० साल वैशाख २६ गते सडक निर्माणको कार्यारम्भ गरेको थियो । तोकिएकै अवधिमा निर्माण व्यवसायीले काम सम्पन्न गरेको हो । सडकको दायाँबायाँ सौर्य बत्ती जडानका लागि कोशी प्रदेश सरकारसँग पहल भइरहेको नगरप्रमुख प्रसाईँले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं