विराटनगर । दोस्रो ठूलो पर्व तिहार नजिकिएसँगै विराटनगरका बजारमा किनमेल गर्नेहरूको चहलपहल बढ्न थालेको छ। आज धनतेरसका दिन विराटनगरको प्रमुख व्यापारिक केन्द्र गुद्री बजारमा सामान खरिद गर्ने ग्राहकहरूको उल्लेख्य भीड देखिएको छ।
धनतेरसदेखि नै तिहारका लागि आवश्यक सामग्री खरिद गर्ने परम्पराअनुसार बजारमा किनमेल गर्नेहरूको संख्या बढेको हो। विशेषगरी घर सजावटका सामग्री, झिलिमिली बत्ती, भाँडाकुँडा तथा पूजाका सामग्री खरिद गर्नेहरूको चहलपहल देखिएको छ।

त्यस्तै, धनतेरसका अवसरमा सुनचाँदीका सामग्री खरिद गर्ने ग्राहकहरूको भीड पनि सुनचाँदी पसलहरूमा बढ्न थालेको छ। तिहार नजिकिँदै गर्दा बजारमा देखिएको बढ्दो चहलपहलले विराटनगरमा पर्वको रौनक थपिएको छ।

तस्बिरमा हेर्नुहोस्





