Lite Nepal

शनिबार, कार्तिक २१, २०८३

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–२, मनकामना टोलबाट प्रहरीले ४ किलो ८६४ ग्राम गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ। शनिवार बिहान लागूऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले स्थानीय ६० वर्षीय महादेव मेहताको घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा उनको घरबाट ४ किलो ८६४ ग्राम  गाँजा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले मेहतालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं