Lite Nepal

शनिबार, कार्तिक २१, २०८३

काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ सकिएको छ। शुक्रबार र शनिबार सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा उनीहरूको सुनुवाइ भएको हो। सुनुवाइ सम्पन्न भए पनि प्रस्तावित न्यायाधीशहरू अनुमोदन हुने वा नहुने भन्नेबारे समितिले निर्णय गरिसकेको छैन। सुनुवाइपछि समिति आन्तरिक छलफलमा जुटेको छ।

न्यायपरिषद्ले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो। सिफारिस हुनेमध्ये उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द छन्। त्यस्तै, उच्च अदालतका मुख्य न्यायाधीशहरू चन्द्रबहादुर सारु, जनक पाण्डेलगायतलाई पनि सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएको छ।

संसदीय सुनुवाइ समितिको निर्णयपछि प्रस्तावित न्यायाधीशहरूको नियुक्ति प्रक्रिया अघि बढ्नेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं