काठमाडौं । काठमाडौँको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा आगलागी भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज बिहान ८:५५ बजे आगलागी भएको हो ।

बारमा लागेको आगलागी नियन्त्रणका लागि दमकल तथा सुरक्षाकर्मीले प्रयास जारी राखेका छन्।

आगलागीका कारण मानवीय क्षति भएको छैन ।