Lite Nepal

आइतबार, कार्तिक २२, २०८३

काठमाडौँ । दैलेखको ठाटीकाँध गाउँपालिकामा एक व्यक्तिले घरमै पुगेर धारिलो हतियार प्रहार गर्दा एकै परिवारका चार महिला घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

ठाटीकाँध गाउँपालिका-४ धनकोटमा आइतबार बिहान करिब ५ बजे स्थानीय चन्द्रबहादुर पुन मगरको घरमा पुगेर ३७ वर्षीय बमबहादुर रावतले धारिलो हतियार प्रहार गरेको आरोप छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक ऋषिकेश गौतम हरिजनका अनुसार आक्रमणमा चन्द्रबहादुरकी श्रीमती ४५ वर्षीया बीमा मगर, भाइबुहारी २५ वर्षीया महेसरा पुन तथा छोरीहरू २३ वर्षीया तिला पुन र २० वर्षीया लक्ष्मी पुन घाइते भएका हुन्।

घाइतेमध्ये बीमाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनलाई स्थानीय स्वास्थ्य चौकीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल दैलेख लगिएको छ।

अन्य तीन जना घाइतेको पनि स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको र आवश्यकताअनुसार थप उपचारका लागि अन्यत्र लैजाने तयारी भइरहेको प्रहरी निरीक्षक हरिजनले जानकारी दिएका छन्।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा रावतलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा आक्रमणको कारण खुल्न नसकेको प्रहरीको भनाइ छ।

घटनाको पृष्ठभूमि र आक्रमणको कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं