Lite Nepal

बुधबार, कार्तिक २५, २०८३

काठमाडौं । पाकिस्तानले आफ्नो पञ्जाब प्रान्तमा बढ्दो वायु प्रदूषणका लागि भारतबाट आएको हावालाई जिम्मेवार ठहर्‍याएको छ । पञ्जाब प्रान्तकी पर्यावरण संरक्षणमन्त्री मरियम औरंगजेबले दीपावलीपछि भारतबाट आएको हावासँगै प्रदूषण गराउने कणहरू पाकिस्तानी क्षेत्रमा प्रवेश गरेको बताएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

उनले मौसममा सुधार हुँदै जाँदा र हावाको दिशा परिवर्तन भएपछि वायु प्रदूषण पनि क्रमशः घट्ने बताएकी छन् ।

स्विस वायु गुणस्तर अनुगमन संस्था आईक्यूएयरको नोभेम्बर १० को तथ्यांकअनुसार, पाकिस्तानको लाहोर विश्वकै सबैभन्दा प्रदूषित प्रमुख सहर बनेको थियो । त्यस दिन लाहोरको वायु गुणस्तर सूचकांक २६३ पुगेको थियो, जुन स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।

आईक्यूएयरका अनुसार, त्यहाँ पीएम २.५सूक्ष्म कणको मात्रा विश्व स्वास्थ्य संगठनले तोकेको दिशानिर्देशभन्दा करिब ३७ गुणा बढी थियो ।

आईक्यूएयरले सोही दिन भारतको राजधानी नयाँ दिल्लीलाई विश्वकै दोस्रो सबैभन्दा प्रदूषित प्रमुख सहरको सूचीमा राखेको थियो । रोयटर्सका अनुसार, सरकारी तथ्यांकले नोभेम्बर ९ मा दिल्लीमा मापन गरिएको पीएम २.५ प्रदूषणको करिब ५५ प्रतिशतका लागि पटाका जिम्मेवार रहेको देखाएको थियो ।

उत्तर भारत र पाकिस्तानमा जाडोयाममा वायु प्रदूषण बढ्नुका पछाडि सवारीसाधनबाट निस्कने धुवाँ, निर्माणस्थलको धुलो र खेतमा बाली काटेपछि बाँकी रहेका पराल तथा ठुटा जलाउँदा निस्कने धुवाँ पनि प्रमुख कारण मानिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं