Lite Nepal

बुधबार, कार्तिक २५, २०८३

काठमाडौं । अमेरिकी प्रतिनिधिसभाले रक्षामन्त्री पिट हेगसेथविरुद्ध रिपब्लिकन सांसद थोमस म्यासीले अघि बढाएको महाभियोग प्रस्तावलाई न्यायिक समितिमा पठाउने निर्णय गरेको छ । २११ विरुद्ध २०४ मतले पारित यो निर्णयसँगै महाभियोग प्रक्रिया तत्कालका लागि अघि नबढ्ने भएको छ ।

महाभियोग प्रस्तावमा हेगसेथमाथि अमेरिकी संसद् (कंग्रेस)को स्वीकृतिबिना इरानविरुद्ध सैन्य कारबाही सञ्चालन गरी अमेरिकी संविधान र युद्धसम्बन्धी अधिकार ऐन उल्लंघन गरेको आरोप लगाइएको थियो ।

पेन्टागनमा आयोजित पत्रकार सम्मेलनमा हेगसेथले महाभियोगको प्रयासलाई ‘प्रहसन’ र ‘राजनीतिक तमाशा’को संज्ञा दिएका छन् । उनले यसलाई आफ्नो काममा अवरोध पुर्‍याउने ‘कपटपूर्ण प्रयास’ भएको बताएका छन् ।

डेमोक्रेटिक संसदीय दलका नेता हाकिम जेफ्रिजले हेगसेथविरुद्धको महाभियोग प्रयासलाई समर्थन गरेका छन् । तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले भने रक्षा मन्त्रीको बचाउ गर्दै उनको कार्यसम्पादनलाई ‘ए प्लस’ मूल्यांकन दिएका छन् । ट्रम्पले हेगसेथलाई ‘महान् अमेरिकी देशभक्त’ समेत भनेका छन् ।

मतदानका क्रममा रिपब्लिकन सांसद थोमस म्यासी आफ्नै पार्टीको निर्देशनविपरीत उभिएका थिए । उनी महाभियोग प्रस्तावलाई समितिमा पठाउने निर्णयको विपक्षमा मतदान गर्ने एक्ला रिपब्लिकन सांसद बने । उनको मत डेमोक्रेटहरूको पक्षमा परेको थियो ।

समितिमा पठाइए पनि यो प्रस्ताव तत्काल अघि बढ्ने सम्भावना न्यून छ । यद्यपि, आगामी जनवरीमा डेमोक्रेटहरूले संसदका दुवै सदनमा बहुमतसहित नियन्त्रण सम्हालेपछि हेगसेथविरुद्धको महाभियोग प्रक्रिया पुनः अघि बढाउने प्रयास गर्न सक्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं