Lite Nepal

बुधबार, कार्तिक २५, २०८३

काठमाडौं । जलवायु सङ्कट समाधानका लागि विश्वव्यापी दबाब बढिरहेका बेला टर्कीमा जारी कोप-३१ सम्मेलनमा अमेरिका र चीनसहित प्रमुख देशका शीर्ष नेताहरू अनुपस्थित हुने भएका छन् ।

यसले जलवायु परिवर्तन नियन्त्रणका लागि उनीहरूको प्रतिबद्धतामाथि प्रश्न उठाएको छ । बुधबार र बिहीबार हुने उच्चस्तरीय सत्रमा टर्की, ब्राजिल र इरानका राष्ट्रपतिसहित दर्जनौँ नेताले सम्बोधन गर्नेछन् । तर, बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामबाहेक जी-७ का अन्य नेता सहभागी नहुने भएका छन् । फ्रान्स, जर्मनी, इटाली, क्यानडा र जापानका सरकार प्रमुख पनि सम्मेलनमा आउने छैनन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङ पनि अनुपस्थित रहने भएपछि जलवायु वार्तामा विश्वका दुई ठूला अर्थतन्त्रको सहभागिता कमजोर देखिएको छ । चीनका तर्फबाट उपराष्ट्रपति हान झेङ सहभागी हुनुहुनेछ । ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाको सहभागिताले भने जलवायु अभियानकर्मीलाई केही आशा दिएको छ ।

सम्मेलनमा ऊर्जा खपतको विद्युतीकरण बढाउने टर्कीको प्रस्ताव र त्यसका लागि स्वच्छ ऊर्जा प्रयोग गर्नुपर्ने युरोपेली सङ्घ (इयु) को जोडबिच बहस हुने अपेक्षा गरिएको छ ।

सन् २०२३ मा जीवाश्म इन्धनबाट टाढिने सहमति भए पनि त्यसलाई कार्यान्वयन गर्न राष्ट्रहरूले अपेक्षित प्रगति गर्न सकेका छैनन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं