Lite Nepal

बुधबार, कार्तिक २५, २०८३

काठमाडौं । गोरखामा रोकिराखेको ट्याक्सी ब्याक भएर दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।

सिरानचोक गाउँपालिका–२ सिउरेनीमा रोकिराखेको ट्याक्सी अचानक ब्याक भएर सडकबाट करिब ४० मिटर तल खस्दा पाँच जना घाइते भएका हुन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ ।

आज बिहान साढे ११ बजे चित्रेपोखरीबाट सिउरेनीतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–००२ ज ७६८८ नम्बरको ट्याक्सी सिउरेनीस्थित कच्ची सडकको छेउमा रोकिराखेको अवस्थामा अचानक ब्याक भई सडकबाट करिब ४० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा चालक गोरखा सिरानचोक गाउँपालिका–५ भाँगे बस्ने ४० वर्षीय वीरबहादुर गुरुङ, सिरानचोक–२ मैपते बस्ने ३२ वर्षीया मञ्जु परियार, सोही स्थान बस्ने ५० वर्षीया गीतामाया परियार, २० वर्षीया अञ्जना अछामी र ३० वर्षीया गीता परियार छन् । दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि प्रदेश अस्पताल गोरखा पठाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं