Lite Nepal

बिहिबार, कार्तिक २६, २०८३

सुनसरी । सुनसरीको इनरुवामा मोटरसाइकल, स्कुटर र साइकल एकआपसमा ठोक्किँदा ७ वर्षीया बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

इनरुवा नगरपालिका–५ बलाहास्थित भित्री सडकखण्डमा बुधबार साँझ मोटरसाइकल, स्कुटर र साइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार साँझ करिब ५ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १५ प २२५७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०२–०५५ प १२९८ नम्बरको स्कुटर तथा सोही दिशाबाट आउँदै गरेको साइकल एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा स्कुटर चालक, मोटरसाइकलमा सवार तीन जना र साइकलयात्री गरी ६ जना घाइते भएका थिए । घाइतेमध्ये स्कुटरको पछाडि सवार इनरुवा नगरपालिका–९ निवासी सन्जु कुमार सरदारकी ७ वर्षीया छोरी रिदिमा सरदारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनलाई साँझ ५ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा स्कुटर चालक इनरुवा नगरपालिका–७ का ३० वर्षीय सुजन चौधरी, मोटरसाइकल चालक दुहबी नगरपालिका–३ का २२ वर्षीय सागर सरदार तथा मोटरसाइकलमा सवार २४ वर्षीय अभिनष सरदार र ११ वर्षीय आयुष सरदार घाइते भएका छन् ।

त्यस्तै, साइकलयात्री इनरुवा नगरपालिका–५ बलाहाका ४७ वर्षीय इन्द्रजित मण्डल पनि घाइते भएका छन् ।

घाइते पाँचै जनाको विराट नर्सिङ अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं