Lite Nepal

बिहिबार, कार्तिक २६, २०८३

विराटनगर । देशका विभिन्न तीन जिल्लाबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । मोरङ, सुनसरी र बाँकेबाट लागूऔषधसहित ५ जना पक्राउ परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

मोरङको पथरी शनिश्चरे नगरपालिका–४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७५ ट्याब्लेट र स्पास्पेन ७५ ट्याब्लेट सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४१ वर्षीय जयराम राई र उनकै श्रीमती २४ वर्षीया अस्मिता चौधरी रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट किर्तिपुरबाट खटिएको प्रहरीले को.२० प ४७२३ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै, सुनसरीको बराहक्षेत्र नगरपालिका–७ बाङ्गेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८० मिलिग्राम सहित सोही नगरपालिका–७ सयपत्री टोल बस्ने ३० वर्षीय समुएल राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बाङ्गेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

उता बाँकेको डुडुवा गाउँपालिका–२ बेतहनीबाट अवैध लागूऔषध गाँजा करिब ४ किलो १ सय ६० ग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका–९ बस्ने ५२ वर्षीय धर्मेन्द्र गोडिया र २१ वर्षीय आकाश बाल्मिकी रहेका छन् ।

प्रहरी चौकी बेतहनीबाट खटिएको प्रहरीले बेतहनीबाट नेपालगंजतर्फ जाँदै गरेको ने.१ ह ३२१२ नम्बरको ई–रिक्सा जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक धर्मेन्द्र र ई–रिक्सामा सवार आकाशलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं