Lite Nepal

शनिबार, कार्तिक २८, २०८३

विराटनगर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत नमागी प्रदेशसभालाई सम्बोधन गरेर पदबाट राजिनामा दिएका छन् ।

उनलाई मत लिन मधेश प्रदेश सभा सचिवालयले आज प्रदेश सभा बैठक आह्वान गरेको थियो । उनले विश्वासको मत नमागी आफ्नो कार्याकालमा गरेका कामको विवरण सुनाएर राजिनामा दिएका हुन् ।

सत्ता साझेदार दल नेकपा एमालेले ३० असोजमा चार मन्त्रीलाई फिर्ता बोलाउँदै सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले आज विश्वासको मत लिने कार्यक्रम रहेको थियो ।

उनले राजीनामा दिएपछि विश्वासको मतका लागि कुनै प्रक्रिया अघि बढेन ।

सत्ता साझेदार दल नेकपा एमाले असोज ३० गते चार मन्त्रीलाई फिर्ता बोलाउँदै सरकारबाट समर्थन फिर्ता लिएपछि ३० दिन भित्रै सदनमा विश्वासको मत परीक्षण गर्नु पर्ने बाध्यता थियो ।

सत्ता साझेदार एमाले पश्चात गत कार्तिक २० गते नेकपाकाले पनि सरकारको साथ छाडेको थियो । त्यसयता मुख्यमन्त्री यादव नेतृत्वको सरकार संकटमा थियो । यद्यपि उनले कानुनी सुविधा भएका कारण तत्काल राजीनामा भने दिएनन् । एक महिना पश्चात उनले विश्वासको मत नपाउने देखेपछि राजीनामा दिएका हुन् ।

हाल कायम १०२ सदस्यीय मधेश प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न उनलाई कम्तीमा ५२ सांसदको समर्थन आवश्यक थियो ।

प्रदेशसभामा जनता समाजवादी पार्टी नेपालका २७, नेकपा (एमाले)का २४, नेपाली कांग्रेसका २२, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन् । त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन् ।

गत कात्तिक २० गते जसपा, एमाले र नेकपाको समिकरण बनेको दाबी एमालेले गरेको थियो । जसपा नेपालको नेतृत्वमा सरकार बनाउने तयारी स्वरुप त्यसै दिन नेकपा पनि सरकारबाट बाहिरियो ।

तर, जसपा भित्र पनि मुख्यमन्त्री बन्ने विषयमा कलह रहेका कारण सत्ता समिकरण बन्न सकेको छैन । एमाले र नेकपा भने जसपा नेपालकै नेतृत्वमा सरकार बनाउन लचक छन् ।

जनमत पार्टी भने अब बन्ने सरकारमा सहभागी नहुने जनमत अध्यक्ष डा. सिके राउतले घोषणा नै गरिसेका छन् । त्यसैले मधेशमा अन्यौलता छ ।
अब प्रदेश प्रमुखले नयाँ सरकार गठनको लागि संविधानको धारा १६८ को २ बमोजिम दाबी पेश गर्न आह्वान गर्ने छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं