काठमाडौं । नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले ललितपुरबाट बोरामा राखिएको करिव डेढ करोड बढी रकमसहित तीन जनालाई गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भोजपुर नगरपालिका–३ घर भएका ३० वर्षीय दीपक खड्का, गोदावरी नगरपालिका–१० का ३२ वर्षीय जयराम केसी र काठमाडौं–१० नयाँ बानेश्वरका २९ वर्षीय प्रज्वल रिजाल रहेका छन् ।

अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले दिएको जानकारी अनुसार १ करोड ६७ लाख ३३ हजार २ सय २० रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको हो । बा. प्र. १–०२७ च २७६५ नम्बरको भ्यानबाट उक्त रकमसहित उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार मंगलबार बिहान सवा १० बजेतिर पशुपतिनाथ पराग सप्लायर्सको कम्पनीमा काम गर्ने तीन जना बा प्र १ ०२७ च २७६५ नम्बरको भ्यानमा नख्खु चोकतर्फ गइरहेको विशेष सूचना आएको थियो ।
उक्त सूचनाको आधारमा खटिएको टोलीले रकमसहित पक्राउ गरेको हो । एसएसपी खड्काले उनीहरूले कुन प्रयोजनका लागि उक्त रकम कहाँ लग्दै थिए भन्ने खुलिनसकेको बताए ।