विराटनगर । सिन्धुलीको खुर्कोट नजिकै जनकपुरबाट काठमाडौं जाँदै गरेको विङ्गर गाडी दुर्घटना हुँदा १० जनाभन्दा बढी घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार मंगलबार दिउँसो भएको दुर्घटनामा ४ जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनापछि स्थानीयवासी र प्रहरीले घाइतेको उद्धार गरिरहेका छन् । दुर्घटनाको कारण र घाइतेको विस्तृत विवरण आउन बाँकी छ ।
