Lite Nepal

मंगलबार, मंसिर ०१, २०८३

विराटनगर । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७, टोक्सेलमा कोशी प्रदेशस्तरीय प्रादेशिक अस्पताल निर्माण गर्ने विषयमा अस्पताल संघर्ष समिति र कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयबीच सहमति भएको छ।

मंगलबार मन्त्रालय र संघर्ष  समितिबीच पाँचबुँदे सहमति भएको हो। सहमतिसँगै अस्पताल निर्माणको माग राख्दै अनशनसहितका आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै आएका स्थानीयवासी आन्दोलन स्थगित गर्न सहमत भएका छन्।

सहमतिअनुसार प्रदेश सरकारले टोक्सेलमा प्रादेशिक अस्पताल निर्माण प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छ। सहमति पत्रमा सङ्घर्ष समितिका तर्फबाट माधवप्रसाद ढुङ्गाना र कोशी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीले हस्ताक्षर गरेका छन्।

त्यस्तै, साक्षीका रूपमा जग्गादाता अर्जुनकुमार गौतम र शारदा गौतम तथा मन्त्रालयका तर्फबाट सचिव कीर्तिपाल सुवेदीले हस्ताक्षर गरेका छन्। पाँचबुँदे सहमतिपछि लामो समयदेखि अस्पताल निर्माणको माग राख्दै आन्दोलनरत स्थानीयवासीले आन्दोलन स्थगित गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं