काठमाडौं । बिचौलिया इनम सापकोटासँग कनेक्सन देखिएको आरोपमा पक्राउ परेका महेश श्रेष्ठविरुद्ध पनि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान अघि बढाइएको छ । काठमाडौं जिल्ला अदालतले श्रेष्ठलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । उनी शनिबार कीर्तिपुरको पाँगाबाट पक्राउ परेका थिए ।
प्रहरीका अनुसार श्रेष्ठको सम्बद्ध कसुरलाई इनम सापकोटाको प्रारम्भिक कसुरसँग जोडेर अनुसन्धान भइरहेको छ । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश र इनमबीच केही चेकका तस्बिर आदानप्रदान भएको देखिएको स्रोतले जनाएको छ ।

