Lite Nepal

मंगलबार, मंसिर ०१, २०८३
फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंसिर ५ गतेपछि मात्रै बस्ने भएको छ। महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन सम्पन्न भएपछि बस्ने पहिलो केन्द्रीय कार्यसमिति बैठक मंसिर ५ गतेपछि आह्वान गरिने जानकारी दिएका छन्।

महामन्त्री पौडेलका अनुसार बैठकको मिति र त्यसमा प्रस्तुत गरिने एजेन्डाबारे अहिले छलफल भइरहेको छ।  १५औँ महाधिवेशन सम्पन्न भए पनि नेपाली कांग्रेसले जिल्ला र प्रदेश अधिवेशन भने गर्न बाँकी छ। अब बस्ने केन्द्रीय कार्यसमिति बैठकले जिल्ला तथा प्रदेश अधिवेशनको मिति तय गर्ने पार्टी सभापति गगन थापाले सार्वजनिक रूपमै बताइसकेका छन्।

छठ पर्वका अवसरमा आफू प्रतिनिधिसभा निर्वाचन लडेको सर्लाही–४ पुगेका सभापति थापाले आइतबार केन्द्रीय कार्यसमिति बैठक बोलाउने र उक्त बैठकले जिल्ला तथा प्रदेश अधिवेशनको मिति निर्धारण गर्ने बताएका थिए। सभापति थापाका अनुसार पुसको पहिलो साता जिल्ला अधिवेशन गर्ने र त्यसको तीन–चार दिनपछि प्रदेश अधिवेशन गर्ने गरी कार्यतालिका तय गरिनेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं