Lite Nepal

बुधबार, मंसिर ०२, २०८३

काठमाडौं । हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा त्यसका प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधरणतया बादल लागेको छ भने लुम्बिनी प्रदेशको पहाडी भागमा आंशिक बदली भएको छ । तराईका केही स्थानमा तुवाँलो लागेको छ भने बाँकी भागको मौसम सफा छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भेगमा आंशिक बदली रहनेछ । बाँकी भागको मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, मधेस र लुम्बिनी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागमा आंशिक बदली रहनेछ । बाँकी भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । तराईका साथै उपत्यका र खोँचहरूमा बिहानीपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं