विराटनगर । १५ औं महाधिवेशनको तयारीमा जुटेको देउवा पक्षीय नेपाली कांग्रेस मोरङको जिल्ला अधिवेशन मंगलबारदेखि विराटनगरमा सुरु भएको छ ।
नियमित महाअधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको प्रमुख आतिथ्यमा अधिवेशन सुरू भएको हो ।

अधिवेशनमा पार्टीका केन्द्रीय नेताहरूको पनि सहभागिता थियो ।

संयोजक कोइरालाले पार्टीका कुनै पनि नेता तथा कार्यकर्ताका विषयमा टिप्पणी नगरी कोइराला निवासमा आफूले विताएको बाल्यकालको सम्झना गरे ।
उनले राजनीति सिधा बाटोमा नहिँड्ने भन्दै निरन्तर प्रयासले मात्रै सफलतामा पुर्याउन सकिने बताएका थिए ।
जिल्ला अधिवेशनमा सहभागी देउवा पक्षीय अन्य नेताहरूले भने कांग्रेसलाई गगन थापाहरूले प्रायोजित रूपमा अपहरण गरेको आरोप लगाएका थिए ।
उद्घाटन सत्रमा सम्बोधन गर्ने अधिकांश केन्द्रीय नेताहरूले यस्तो आरोप लगाएका हुन् ।
यसक्रममा नेताहरू प्रकाशशरण महत, मोहन बस्नेत, कृष्णप्रसाद सिटौला लगायतका नेताले आफनो धारणा राखेका थिए ।