काठमाडौँ । नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझी पार्टीको राष्ट्रिय भेलामा सहभागी भएका छन्। बुधवार देखी काठमाडौँमा सुरु भएको भेलामा सहभागी रायमाझी कारागारबाट रिहा भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका हुन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद भुक्तान गरिरहेका रायमाझी ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने सुविधाअनुसार २५ प्रतिशत कैद छुट पाएर कात्तिक २६ गते डिल्लीबजार कारागारबाट रिहा भएका थिए।

शरणार्थी प्रकरणमा मुछिनुअघि रायमाझी एमालेका सचिव थिए। उक्त प्रकरणमा नाम जोडिएपछि एमालेले उनलाई पार्टीको सचिव पदबाट निलम्बन गरेको थियो।
