काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य निरन्तर घटिरहेको छ ।
आज शुक्रबार सुनको मूल्य तोलामै १२ हजार २०० रुपैयाँ घटेको छ ।

यस दिन सुन घटेर प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो बिहीबार सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा २२५ रुपैयाँले घटेको छ ।
चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहीबार चाँदी प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।