Lite Nepal

शनिबार, मंसिर ०५, २०८३

काठमाडौं । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल कोशी र मधेस प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो लुम्बिनी, कर्णाली, सुदूरपश्चिम तथा देशका हिमाली क्षेत्रमा आंशिक बदली हुने पूर्वानुमान छ। यस्तै, कोशी प्रदेशको तराई क्षेत्र र मधेस प्रदेशमा पनि आंशिक बादल लाग्नेछ। बाँकी क्षेत्रमा मौसम सफा रहनेछ।

आज राति कोशीको तराई, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

त्यस्तै, आइतबार देशका हिमाली क्षेत्र र कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली हुने सम्भावना रहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं