विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहलाई विराटनगरस्थित हाटखोलाको सिघिया पुलमा स्थानीय युवाहरूले कालो झण्डा देखाएका छन्।
मेची–महाकाली पदयात्रामा रहेका सांसद सिंहसहितको टोलीलाई हुलाकी सडक निर्माण नभएको भन्दै स्थानीय युवाहरूले कालो झण्डा देखाएर विरोध जनाएका हुन्।

हुलाकी मार्ग निर्माणमा भएको ढिलाइप्रति असन्तुष्टि जनाउँदै युवाहरूले टोलीसमक्ष विरोध प्रदर्शन गरेका थिए।
