Lite Nepal

शुक्रबार, मंसिर ०४, २०८३

भद्रपुर । झापामा रगतको माग बढ्दै गए पनि सोहीअनुसार सङ्कलन हुन नसक्दा आवश्यक परेको समयमा बिरामीलाई रगत उपलब्ध गराउन चुनौती बढ्दै गएको छ ।

रेडक्रसकर्मी तथा सामाजिक अभियन्ता विष्णु आचार्यका अनुसार जिल्लामा दैनिक १२० युनिटसम्म रगत खपत हुने गरेको छ । तर, रक्तदान गर्नेको सङ्ख्या अपेक्षित रूपमा नबढ्दा बिरामीका आफन्तले रक्तदाता खोज्न सास्ती व्यहोर्नुपरेको छ ।

“रगत माग्ने धेरै छन्, तर रगत दिन तयार हुने मानिस भेट्न मुस्किल छ”, आचार्यले भने, “रक्तदान गर्नुपर्छ भन्ने चेतना समाजमा अझै पर्याप्त विकास हुन सकेको छैन । जसले गर्दा रगतको अभाव चुलिँदो छ ।”

पूर्वी पहाडी जिल्लाबाट समेत उपचारका लागि झापाका अस्पतालमा आउने बिरामीका आफन्तलाई रक्तदाता खोज्न थप कठिनाइ हुने गरेको उनको भनाइ छ ।

आचार्यले रक्तदानको महत्त्वबारे सर्वसाधारणलाई सचेत गराउँदै नियमित रक्तदान कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । उनले स्थानीय तह, सामाजिक सङ्घसंस्था, सहकारी, शैक्षिक संस्था तथा व्यावसायिक प्रतिष्ठानलाई नियमित रक्तदान कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन् ।

विशेषगरी जाडो मौसममा रक्तदान कार्यक्रम कम हुन सक्ने भएकाले सम्भावित अभाव न्यूनीकरण गर्न अहिलेदेखि नै अभियान सञ्चालन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं