Lite Nepal

आइतबार, मंसिर ०६, २०८३

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिको बैठक आगामी मंसिर ९ गते बस्ने भएको छ । सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलले विज्ञप्ति जारी गर्दै बैठक मंसिर ९ गते बुधबार बिहान ११ बजे चुनदेवीस्थित सम्पर्क कार्यालयमा बस्ने जानकारी दिएका हुन् ।

विज्ञप्तिमार्फत पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूका साथै महाधिवेशन तयारी समितिमा रहेका सम्पूर्ण सदस्यलाई बैठकमा अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ । देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ । महाधिवेशनको तयारी तथा व्यवस्थापनका विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं