प्रधानमन्त्री बालेन नयाँ दिल्लीमा

सोमबार मोदीसँग द्विपक्षीय वार्ता

Lite Nepal

आइतबार, मंसिर ०६, २०८३

नयाँ दिल्ली । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतको दुईदिने राजकीय भ्रमणका क्रममा आइतबार नयाँ दिल्ली आइपुगेका छन् । उनी आइतबार दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत प्रस्थान गरेका थिए ।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री बालेनलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत निश्चलनाथ पाण्डेलगायतले स्वागत गरेका थिए ।

भ्रमणका क्रममा प्रधानमन्त्री बालेनले आइतबार नै भारतका विदेशमन्त्री एस जयशंकरसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । सोमबार प्रधानमन्त्री बालेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच एक्लाएक्लै (वन अन वन) भेटवार्ता हुनेछ । त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय बैठक हुनेछ ।

बैठकपछि नेपाल र भारतबीच विभिन्न समझदारीपत्र तथा सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । त्यसलगत्तै दुवै देशका प्रधानमन्त्री संयुक्त प्रेस ब्रिफिङमा सहभागी हुनेछन् ।

प्रधानमन्त्री बालेनले सोमबार नै भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रमसमेत छ । दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री बालेन सोमबार साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं