काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह भारतको राजकीय भ्रमणमा प्रस्थान गरेपछि उनको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पाएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शाहको सिफारिसमा मन्त्री श्रेष्ठलाई प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्यसम्पादनको जिम्मेवारी तोकेका हुन् । राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको राजकीय भ्रमणमा प्रस्थान गरेका छन् ।

प्रधानमन्त्रीको अनुपस्थितिमा संविधानबमोजिम मन्त्री श्रेष्ठले दैनिक प्रशासनिक कार्य सम्हाल्ने राष्ट्रपति कार्यालयले जनाएको छ।

