Lite Nepal

मंगलबार, मंसिर ०८, २०८३

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनि छोइङ डोल्माको नियुक्ति गैरकानुनी तथा विधि र प्रक्रियाविपरीत भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

राष्ट्रिय जेनजी नागरिक अभियानका अभियन्ताहरू सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन्। आनि छोइङ डोल्माको नागरिकतासम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा कानुनी प्रक्रिया र निर्धारित विधि पूरा नगरी नियुक्ति गरिएको भन्दै अभियानले यसअघि नै प्रश्न उठाउँदै आएको थियो। अभियानले नियुक्तिको विषयमा पटक–पटक खबरदारीसमेत गर्दै आएको जनाएको छ।

तर, विवादका बीच आनि छोइङ डोल्मा लुम्बिनी विकास कोषमा उपस्थित भई आफ्नो कार्यभार सम्हालिसकेकी छन्। यसै सन्दर्भमा नियुक्तिको कानुनी वैधता परीक्षण गर्न, विधिको शासन कायम राख्न तथा कानुनी प्रक्रियाको सुनिश्चितता गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराइएको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं