Lite Nepal

बुधबार, मंसिर ०९, २०८३

काठमाडौं । नेपाली कांग्रेस देउवा समूहको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिको बैठक सुरु भएको छ ।

बैठक चुनदेवीस्थित सम्पर्क कार्यालयमा सुरु भएको हो । देउवा समूहको सचिवालय समन्वय समितिका अनुसार पार्टीका केन्द्रीय पदाधिकारी एवं सदस्यलगायत तयारी समितिमा रहेका सम्पूर्ण सदस्यहरू बैठकमा सहभागी छन् ।

​१५औँ महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा सुरु भएको बैठकमा शीर्ष नेताहरू विमलेन्द्र निधि, कृष्ण सिटौला, एनपी साउद, डा. प्रकाशशरण महतलगायत केन्द्रीय पदाधिकारी तथा तयारी समितिका सदस्यहरू सहभागी छन् ।

पार्टीभित्रको आन्तरिक विवाद र संस्थापन पक्षसँगको मतभेदपछि देउवा समूहले समानान्तर गतिविधिलाई तीव्रता दिँदै १५ औँ महाधिवेशनको छुट्टै गृहकार्य अघि बढाएको छ ।

सोही प्रयोजनका लागि गत असारमा चुनदेवीमा स्थापना गरिएको सम्पर्क कार्यालयबाट महाधिवेशनकेन्द्रित छलफल र सांगठनिक गतिविधि सञ्चालन गर्दै आएको छ ।

बैठकमा विशेषगरी १५औँ महाधिवेशनको आगामी कार्यतालिका, संगठन सुदृढीकरण र तल्लो तहसम्म महाधिवेशनको वातावरण निर्माण गर्ने विषयमा छलफल केन्द्रित रहेको बताइएको छ ।

कांग्रेसको देउवा समूहले मंसिर २१ देखि २३ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं