Lite Nepal

शुक्रबार, मंसिर ११, २०८३

गाजा । गाजा सहरमा इजरायलले गरेको हवाई आक्रमणमा हमासद्वारा सञ्चालित आन्तरिक सुरक्षा सेवाका एक वरिष्ठ अधिकारीसहित उनकी पत्नी र दुई छोरीको मृत्यु भएको छ ।

बुधवार बिहान गाजा सहरको पश्चिममा रहेको अल–शाती शरणार्थी शिविरस्थित एक अपार्टमेन्टलाई लक्षित गरी इजरायली ड्रोनले क्षेप्यास्त्र प्रहार गरेको प्यालेस्टिनी तथा स्वास्थ्य स्रोतले जनाएका छन् ।

आक्रमणपछि अपार्टमेन्टमा आगलागी भएको थियो । स्वास्थ्य स्रोतका अनुसार घटनामा चार जनाको मृत्यु भएको छ ।

उनीहरूको शव गाजा शहरस्थित अल–शिफा मेडिकल कम्प्लेक्समा पुर्‍याइएको थियो ।

हमासद्वारा सञ्चालित आन्तरिक मन्त्रालयले मृतकहरूको पहिचान सार्वजनिक गर्दै ४७ वर्षीय कर्णेल मोहम्मद अबु अल–औफ, उनकी ४१ वर्षीया पत्नी नुरा अबु अल–औफ तथा १५ र १३ वर्षीया दुई छोरीको मृत्यु भएको जनाएको छ ।

मोहम्मद अबु अल–औफ उत्तरी गाजा प्रान्तको आन्तरिक सुरक्षा सेवाका निर्देशक थिए । हमासद्वारा सञ्चालित मन्त्रालयले आक्रमणलाई सर्वसाधारणविरुद्धको ‘जघन्य अपराध र नरसंहार’ भन्दै निन्दा गरेको छ ।

गाजाको सुरक्षा संयन्त्र कमजोर पार्ने र प्यालेस्टिनी समाजमा अराजकता फैलाउने प्रयासस्वरूप आक्रमण गरिएको उसको आरोप छ । यस घटनाबारे इजरायली सेनाले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

गाजा सहरको पश्चिमी क्षेत्रमा हमासद्वारा सञ्चालित आन्तरिक सुरक्षा सेवाका प्रमुख नइम अबु नाहाल पनि इजरायली हवाई आक्रमणमा मारिएको एक दिनपछि पछिल्लो घटना भएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं