Lite Nepal

मंगलबार, आश्विन २७, २०७७

विराटनगर । कन्ट्याक्ट ट्रेसिङमा परेका प्रदेश १ का उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री जगदीश कुशियतको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

मन्त्री कुशियतको मंगलबार विहान रिपोर्ट आएको हो ।

मन्त्री कुशियत मेचीनगरको धुलावारीमा रहेको होटल मेची क्राउनमा पाहुना आउँदा कन्ट्याक्ट ट्रेसिङमा परेका थिए ।

मन्त्री कुशियत असोज २१ गतेको कार्यक्रममा भाग लिने क्रममा असोज २० गते बेलुका होटल मेची क्राउनमा आइपुगेका थिए । त्यहाँ उनको झापा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल सँग भेट भएको थियो ।

असोज १९ गते नै कोरोना परीक्षणका लागि स्वाव दिएका जिसस प्रमुख पोर्तेललाई असोज २१ कोरोना संक्रमण भएको थियो ।

प्रमुख पोर्तेल संक्रमित भएपछि मन्त्री कुशियत होम आइसोलेसनमा बस्दै आएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं