Lite Nepal

बिहिबार, कार्तिक २७, २०७७

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको आगामी साधारणसभाको लागि विराटनगरका उद्योगी राजेन्द्र राउतले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

मंसिर ११, १२ र १३ गते हुन गईरहेको साधारणसभामा हुने निर्वाचन कार्यक्रमको लागि नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं। १ का उपाध्यक्ष राउतले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्।

मोरङ व्यापार संघका पूर्व वरिष्ठ उपाध्यक्ष रहेका राउतले महासंघको प्रदेशको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् । मोरङ व्यापार संघको तर्फबाट उमेदवार हुनुभएका राउत विभिन्न उद्योग व्यवसायमा संलग्न हुनका साथै सामाजिक क्षेत्रमा समेत सक्रिय छन्।

राउतको राउत कन्ट्रक्सन, अन्नपूर्ण सिमेन्ट, सांग्रिला चप्पलसहितका उद्योगहरु सञ्चालनमा छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं