Lite Nepal

सोमबार, साउन १९, २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सकिएको छ। सोमवार बालुवाटारमा भएको छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि सहभागी थिए।

ुछलफल केहीबेर अघि सकियो। भोलि फेरि भेट हुने कुरा छ,ु प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने।

दुई अध्यक्षबीचको गत साउन १३ गते यताको संवादहीनता आइतवार तोडिएको थियो। आइतवार भएको तीन घण्टा लामो छलफलमा चारै नेता सहभागी थिए।

गत साउन १३ गते साउन स्थायी कमिटी बैठक ओलीले एकलौटी रुपमा स्थगित गरेपछि प्रचण्डको अध्यक्षतामा सोही दिन बैठक बसेको थियो। ओली पक्षले बैठक नभएको भन्दै गुट भेला भएको बताएको थियो। नेकपाको विवाद कायमै छ। विवाद समाधनाका लागि ‍प्रयास भइरहेको नेताहरु बताउछन्।

विवादका कारण असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक टुंगोमा पुग्न सकेको छैन। छलफलका लागि तय भएको सीमा समस्याबाहेक अन्य विषयमा छलफल हुन सकेको छैन। बैठकमा अध्यक्ष प्रचण्डसहितका नेताहरुले ओलीको राजीनामा माग गरेका थिए। ओली पद नछोड्ने अडानमा कायम रहेको नेताहरु बताउछन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं