पूर्ननिर्माणको काम दुई बर्ष भित्र सकिन्छ : मन्त्री भट्टराई

नारायण चतुव्यूहं नारायण मन्दिर प्रवेशद्धार उद्घाट

Lite Nepal

बिहिबार, मंसिर ११, २०७७

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भुकम्पबाट क्षति पुगेको सांस्कृतिक तथा धार्मिक सम्पदाहरु दुई बर्ष भित्रमा पुर्ननिर्माण सम्पन्न गर्ने बताएका छन् ।

विहीबार नारायण चतुव्यूहं नारायण मन्दिर प्रवेशद्धार उद्घाटन गदै मन्त्री भट्टराईले भुकम्पबाट क्षतिभएको एक हजार सम्पदा मध्ये ५ सय भन्दा बढी निर्माण सम्पन्न भएको बताए ।

उनले आउदो २ बर्ष भित्रमा सवै पुर्ननिर्माण गरी सक्नेगरी काम भएको बताउँदै रानीपोखरी, दरवार हाईस्कुल, पाटन, पशुपतिक्षेत्र, लगायतका अधिकाश क्षेत्रको पुर्ननिर्माण सम्पन्न भएको बताए । २२ तले धरहराको पूर्ननिर्माणको काम पनि १८ तला सम्मको सम्पन्न भएको मन्त्री भट्टराईको भनाई छ ।

मन्त्री भट्टराईले सांस्कृतिक तथा धार्मिक सम्पदाहरु मानव सभ्यताको प्रतिक बताउदै संरक्षण गर्नुपर्नेमा जोड दिए । ‘सांस्कृतिक तथा धार्मिक मन्दिर, गुम्बा चैत्यहरुको संरक्षण सरकारले गर्ने बताउदै विभिन्न काल खण्डको ईतिहास संरक्षण गदै युगयुग सम्म बचाउनु पर्ने दायित्व सरकार हो’ उनले भने ।

ईतिहासमा के कस्तो काम भएको थिए लिच्छबी कालमा कस्तो थियो मल्लकालमा कस्तो थियो सो सवै भाबी पुस्ता हेर्न तथा अध्ययनगर्न सक्ने गरी संरक्षण गर्न सरकारको दायित्व भएको बताउदै सो संरक्षणमा सरकार लागि परेको मन्त्री भट्टराईको भनाई छ ।

उनले काठमाडौलाई धार्मिक तथा सांस्कृतिक सम्पदालाई जोडेर सर्किटको रुपमा विकास गर्ने बताए । काठमाडौ उपत्यका मन्दिरै मन्दिर भएको ठाँउ तथा र विश्व सम्पदा सूचीमा सुर्चिकृत धेरै धार्मिक स्थल रहेकोले पर्यटक घुम्न लागि महत्वपूर्ण हुने हुनाले संर्किट रुपमा विकास गर्न लागिएको बताए ।

पूर्व स्वास्थ्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले काठमाडौंको नागपोखरीमा आसपासमा रहेको ७ बटा एक सयबर्ष भन्दा पुराना घरको संरक्षण गर्न सरकारसँग माग गरे । उनले पशुपति देखि नारायणहिटी दरवार सम्मकाविभिन्न पुरातात्कि सांस्कृतिक सम्पदाहरुको एउटै प्याकेज बनाएर संरक्षण गर्नमन्त्री भट्टराईसँग गरे ।

पूर्व रक्षामन्त्री तथा प्रतिनिधिसभा सदस्य भिमसेनदास प्रधानले नारायण मन्दिर लिच्छवी कालिन ऐतिहासिक मन्दिर भएको कारण यसको संरक्षण गर्न माग गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं